नेपालमा पेट्रोल १५, डिजेल र मट्टीतेल १० रुपैयाँले महँगियो

नेपालमा पेट्रोल १५, डिजेल र मट्टीतेल १० रुपैयाँले महँगियो

काठमाडौं । मध्यपूर्व पश्चिम एसियामा भएको युद्धका कारण नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य एकैपटक भारी मात्रामा महँगिएको छ । आइतबार रातिबाटै लागू हुने गरी आयल निगमले पेट्रोलको प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको प्रतिलिटर समान १०-१० रुपैयाँले मूल्य बढाएको हो ।

निगमलाई इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट मूल्य समायोजन गरी डिजेल प्रतिलिटर ५४ रुपैयाँ र पेट्रोल ३१ रुपैयाँले महँगिएर आएको थियो । तर, आयल निगमले मूल्यस्थिरीकरण कोषमा भएको रकमबाट घाटापूर्ति गर्ने गरी पेट्रोल प्रतिलिटर १५ रुपैयाँ र डिजेल-मट्टीतेल प्रतिलिटर १०-१० रुपैयाँ बढाएको जनाएको छ ।

मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ तोकिएको छ । आयल निगमका प्रवक्ताका अनुसार भारतबाट धेरै महँगिएर आए पनि कम मूल्यवृद्धि गरेको बताउँछन् ।

सार्वजनिक सवारीसाधनमा प्रयोग हुने भएकाले डिजेलको भाउ तुलनात्मक रूपमा कम घटाएर मूल्य नियन्त्रणका लागि सहयोग गर्न खोजिएको  छ ।  आइओसीले बढाएर पठाएको दरअनुसार नै मूल्यवृद्धि गरिएको भए प्रतिलिटर पेट्रोल १८८ रुपैयाँ र डिजेल १९६ रुपैयाँ पुग्ने निगम बताउँछ ।

विगतमा निगमले नाफा कमाउँदा प्रतिलिटर २ रुपैयाँका दरले झिकेर खडा गरिएको मूल्यस्थिरीकरण कोषबाट घाटापूर्ति गर्ने गरी कम मूल्य बढाएको निगमको भनाइ छ । यो कोषमा अहिले १९ अर्ब रुपैयाँभन्दा बढी छ । तर, अन्तर्राष्ट्रिय बजारमा यही दरमा मूल्य बढ्ने हो भने कोषको रकमबाट बढीमा दुई महिना मात्र धान्न सकिने निगमले जनाएको छ  । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेप्से परिसूचक १३ अङ्कले बढ्यो
2 घण्टा अगाडि

काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिस ...

छुटाउनुभयो कि ?

TOP