कुवेतको हवाइक्षेत्र बन्द हुँदा ६९ नेपाली यात्रु अलपत्र, सडक मार्गबाट गन्तव्यतर्फ पठाइयो

कुवेतको हवाइक्षेत्र बन्द हुँदा ६९ नेपाली यात्रु अलपत्र, सडक मार्गबाट गन्तव्यतर्फ पठाइयो

कुवेत । कुवेतको हवाइक्षेत्र (एयरस्पेस) बन्द भएपछि कुवेत हुँदै विभिन्न मुलुकतर्फ ट्रान्जिटमा यात्रा गरिरहेका ६९ जना नेपाली यात्रु अलपत्र परेका छन्।

कुवेतमा ट्रान्जिटमा रहेका ती नेपाली यात्रुहरू गन्तव्यमा जान नसकेपछि अलपत्र परेका थिए। सो अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित नेपाली राजदूतावासले पहल गरेको छ। नेपाली राजदूतावास कुवेतले नेपाली  राजदूतावास रियादसँग समन्वय गर्दै ती यात्रुहरूलाई सडक मार्गमार्फत आ–आफ्नो गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाएको जनाएको छ।

राजदूतावासका अनुसार हवाइक्षेत्र बन्द भएका कारण नियमित उडान सञ्चालन हुन नसक्दा यात्रुहरू ट्रान्जिटमै रोकिएका थिए। त्यसपछि दूतावासहरूले समन्वय गरी उनीहरूलाई सुरक्षित रूपमा सडक मार्ग प्रयोग गरेर गन्तव्यतर्फ प्रस्थान गर्ने सहजीकरण गरिएको हो।

यस क्रममा यात्रुहरूको यात्रा व्यवस्थापन, आवश्यक कागजी प्रक्रिया तथा आवागमन समन्वयमा दूतावासहरूले सक्रिय भूमिका खेलेको जनाइएको छ।

हवाइक्षेत्र बन्दसँगै मध्यपूर्व क्षेत्रमा हवाई यात्रा प्रभावित हुँदा कुवेत ट्रान्जिट हुँदै विभिन्न देशतर्फ जाने नेपाली यात्रुहरू समेत प्रभावित भएका छन्। यस्तै परिस्थितिमा परेका अन्य नेपाली यात्रुहरूलाई पनि आवश्यक सहजीकरण गर्न दूतावासहरू तयारी अवस्थामा रहेको जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

उपराष्ट्रपतिद्वारा शोक व्यक्त !
3 घण्टा अगाडि

काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अ ...

छुटाउनुभयो कि ?

TOP