कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश, धनुषा–१ मा किशोरी साहको उम्मेदवारी यथावत

कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश, धनुषा–१ मा किशोरी साहको उम्मेदवारी यथावत

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ।

आफ्नो नाम गलत ढंगले कालोसूचीमा राखिएको दाबी गर्दै साह सर्वोच्च अदालत पुगेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रका नाममा अन्तरिम आदेश जारी गरेको हो।

अदालतको आदेशमा साहको नाम कालोसूचीमा राख्ने कार्य तत्काल कार्यान्वयन नगर्न भनिएको छ। यससँगै उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयसमेत प्रभावहीन हुने अवस्थामा पुगेको छ।

निर्वाचन आयोगले कालोसूचीमा परेको आधार देखाउँदै साहको उम्मेदवारी खारेज गरेको थियो। तर सर्वोच्च अदालतको अन्तरिम आदेशपछि उक्त निर्णय स्वतः निष्क्रिय बन्ने अवस्था सिर्जना भएको छ।

यस आदेशसँगै धनुषा–१ मा साहको उम्मेदवारी यथावत रहने सम्भावना बलियो बनेको छ। त्यसैगरी उनले पाएको मतसमेत वैध मानिने कानुनी आधार तयार भएको छ।
सर्वोच्चको यो आदेशपछि निर्वाचन प्रक्रियामा देखिएको अन्योल हट्ने अपेक्षा गरिएको छ भने आयोगले यसबारे थप कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

अमेरिकासँग वार्ताको तयारी: इरानी उच्च टोली इस्लामाबादमा अवतरण
एक महिना अगाडि

काठमाडौं । अमेरिकासँग सम्भावित शान्ति वार्ताको तयारीका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्त ...

छुटाउनुभयो कि ?

TOP