काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता गृहजिल्ला फर्किन थालेपछि राजधानी सुनसान देखिएको छ। भोलि (फागुन २१) हुने मतदानका लागि काठमाडौं उपत्यकाबाट ७ लाखभन्दा बढी नागरिक बाहिरिएको अनुमान गरिएको छ। गृहजिल्लामै मतदान गर्नुपर्ने व्यवस्थाका कारण पछिल्ला दिनमा बसपार्क र विमानस्थलमा भीड बढे पनि उपत्यकाभित्र भने चहलपहल घटेको छ।
व्यस्त रहने सडक र बजार क्षेत्रहरू खालीजस्तै देखिन थालेका छन्। भदौ २३ र २४ को ‘जेनजी आन्दोलन’पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले राजीनामा दिएका थिए। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचन सिफारिस गरेको थियो, जसअनुसार राष्ट्रपति रामचन्द्र पौडेल ले फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरेका हुन्।
सरकारले निर्वाचन तयारी पूरा भएको जनाएको छ भने मतदान अवधिभर सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाइएको छ। अब सबैको नजर भोलिको मतदान र त्यसपछि आउने परिणामतर्फ केन्द्रित भएको छ।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!