काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारको नाममा ठगी गर्ने ३५२ जनाको सूची सार्वजनिक गरेको छ। विभागले शुक्रबार यो सूची सार्वजनिक गरेको हो।
सूची सार्वजनिक हुने प्रक्रिया फागुन १७ देखि चैत १७ गतेसम्म विभागमा दर्ता भएका उजुरीको आधारमा गरिएको हो। उजुरीअनुसार ती व्यक्तिहरूले ५३ देशमा रोजगारी दिलाउने आश्वासन दिएर विभिन्न व्यक्तिहरूलाई ठगी गरेका थिए।
बिभिन्न लोभ–प्रलोभनमा परेर धेरैले यिनमा विश्वास गर्नुका कारण एक महिनाभित्रै ठूलो सङ्ख्यामा मुद्दा दर्ता भएका छन्। विभागले भने, मुद्दा दर्ता नभएका ठग्ने र ठगिनेको संख्या अझ बढी हुन सक्ने आशंका समेत गरेकोछ।
वैदेशिक रोजगार विभागले सबै नागरिकलाई यस्ता प्रलोभनमा नपर्न सचेत रहन आग्रह गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आजको सचिवालयको बैठकले हाल हटाइएका अतिक्रमित संरचन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!