नगदसहित पक्राउ परेका सिरहा ३ का उम्मेदवार यादव छुटे

नगदसहित पक्राउ परेका सिरहा ३ का उम्मेदवार यादव छुटे

काठमाडौं । तीन दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउनेगरी  जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा-३ का उम्मेदवार अशेश्वर यादव हिरासतबाट छुटेका छन् । मौन अवधिको समयमा गएराति नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित पक्राउ परेका थिए ।

जिल्ला मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार, तीन दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउनेगरी उनलाई छाडिएको हो । उनीसहित पक्राउ परेका पाँचजनालाई नै छाडिएको छ । उनीहरू पाँचै जनालाई ३ दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउन आयोगले निर्देशन दिएको हो । त्यस्तै, बरामद रकम र गाडीसहितका सामाग्री तत्काललाई सिज गरिएको छ ।

प्रदेश २-०२-००१ च ०८७ नम्बरको स्कारपियो गाडीबाट राति करिब साढे १२ बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा उम्मेदवार यादवसहित बिष्णुपुर ५ लक्ष्मिपुरका ३२ वर्षिय श्याम कुमार यादव, ३५ वर्षिय राम प्रवेश यादव, ४० वर्षिय बप्रेन्द्र कुमार यादव  र सवारी चालक नरहा ३ का २८ को जितेन्द्र कुमार महतो पक्राउ परेका थिए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

लामिछानेको रिर्ट हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने
2 घण्टा अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

छुटाउनुभयो कि ?

TOP