काठमाडौं । निरन्तर बढिरहेका सुनको मुल्य आज भने केही मात्रामा घटेको छ । बुधबार सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकैदिन सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घटेको हो। महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७२ हजार २ सय ९० रुपैयाँ तोकिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ रहेको थियो। चाँदीको मूल्य प्रतिदश ग्राम ४ हजार ७ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!