काठमाडौँ।गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बुधबार मन्त्रालयमा बसेको भर्चुअल बैठकमार्फत ७७ वटै जिल्लाको निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे समीक्षा गरिएको हो।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा मन्त्रालयका उच्च अधिकारी तथा देशभरका प्रमुख जिल्ला अधिकारी सहभागी भएका थिए। भर्चुअल माध्यम ‘जुम मिटिङ’ मार्फत आयोजित बैठकमा जिल्लागत सुरक्षा व्यवस्था, निर्वाचन सामग्री व्यवस्थापन र समग्र तयारीको अवस्थाबारे विस्तृत जानकारी लिइएको जनाइएको छ।
मन्त्रालयका सह–प्रवक्ता रमा आचार्यका अनुसार करिब तीन घण्टा चलेको बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन र आवश्यक समन्वयका विषयमा केन्द्रित रहेर छलफल भएको थियो। सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको तथा सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराएका छन्।
बैठकमा निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता, सम्भावित सुरक्षा संवेदनशीलता र शान्ति सुरक्षाको अवस्थाबारे समीक्षा गर्दै आगामी रणनीति तय गर्ने समझदारी बनेको मन्त्रालयले जनाएको छ।
गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई अझ मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई आवश्यक निर्देशन दिनुभएको छ। साथै, सबै जिल्लामा खटिएका कर्मचारी, सुरक्षा संयन्त्र तथा निर्वाचन सामग्री मतदान स्थलमा पुगिसकेको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो।
गृह मन्त्रालयले निर्धारण गरिएको मितिमा शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण संयन्त्र तयारी अवस्थामा रहेको जनाएको छ।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!