इरानको विद्यालयमा भीषण हवाई हमला: ५ बालिकाको ज्यान गयो, इजरायलमा प्रतिआक्रमण तीव्र!

इरानको विद्यालयमा भीषण हवाई हमला: ५ बालिकाको ज्यान गयो, इजरायलमा प्रतिआक्रमण तीव्र!

तेहरान । इरान र इजरायल बीच जारी युद्धले खाडी क्षेत्रका अन्य शान्त मुलुकहरूलाई समेत प्रत्यक्ष प्रभाव पार्न थालेको छ।

इरानको होर्मोज्गान प्रान्त अन्तर्गत पर्ने मिनाब सहरमा रहेको एक प्राथमिक बालिका विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा परी पाँच जना विद्यार्थीको मृत्यु भएको बताइएको छ। इरानी सरकारी समाचार एजेन्सी IRNA का अनुसार पढाइ भइरहेको बेला विद्यालयलाई नै निशाना बनाइएपछि देशभर आक्रोश चुलिएको छ।

यसैबीच इरानले इजरायलमाथि मिसाइलको नयाँ लहर प्रहार गरेको जनाएको छ। राजधानी तेल अभिभ सहित विभिन्न सहरमा शक्तिशाली विस्फोटका आवाज सुनिएको जनाइएको छ।

इजरायली सेनाले इरानबाट ठूलो संख्यामा मिसाइल प्रहार भएको पुष्टि गर्दै देशभर चेतावनी साइरन बजाइएको जनाएको छ। सेनाका अनुसार वायुसेनाले ती मिसाइलहरू आकाशमै नष्ट गर्ने प्रयास गरिरहेको छ, तर सुरक्षा प्रणाली पूर्ण रूपमा अभेद्य नरहेको स्वीकार गरिएको छ।

इजरायलले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा बस्न र Home Front Command को निर्देशन कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

उता दोहा मा पनि दोस्रो चरणको आक्रमणका क्रममा नयाँ विस्फोट सुनिएको छ। कतार रक्षा मन्त्रालय ले आफ्नो भूमिमा लक्षित सबै मिसाइल खसालिएको दाबी गरेको छ।

त्यसैगरी कतार परराष्ट्र मन्त्रालय ले इरानी ब्यालिस्टिक मिसाइल आक्रमणको कडा शब्दमा भर्त्सना गर्दै यसलाई राष्ट्रिय सार्वभौमसत्तामाथिको गम्भीर उल्लंघन र क्षेत्रीय स्थिरतामाथिको प्रहार भनेको छ। कतारले अन्तर्राष्ट्रिय कानुनअनुसार आवश्यक जवाफ दिने अधिकार सुरक्षित रहेको चेतावनी समेत दिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

लामिछानेको रिर्ट हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने
6 घण्टा अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

छुटाउनुभयो कि ?

TOP