सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा, गगन थापा र पुष्पा भुसालले सम्बोधन गर्ने !

सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा, गगन थापा र पुष्पा भुसालले सम्बोधन गर्ने !

काठमाडौं फागुन १४ - नेपाली कांग्रेसले आज (बिहीबार) सुर्खेत र बाँकेमा चुनावी सभा आयोजना गर्दैछ। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले देशका विभिन्न जिल्लामा चुनावी अभियानलाई तीव्र बनाएको हो।

कांग्रेस सुर्खेतका सभापति खड्गबहादुर पोखरेलका अनुसार मध्याह्न साढे १२ बजेपछि वीरेन्द्रनगर नगरपालिकास्थित घण्टाघर डबलीमा चुनावी सभा आयोजना गरिनेछ। सभालाई पार्टीका सभापति गगनकुमार थापा र उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सुर्खेतको कार्यक्रम सम्पन्न गरेपछि आजै बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत जानकी गाउँपालिका–३ मानपुरमा पनि चुनावी सभा आयोजना गरिनेछ। बाँके–३ का उम्मेदवारसमेत रहेका प्रदेश सभापति अमरसिंह पुनको सचिवालयले दिउँसो १:३० बजे मानपुरमा सभा हुने पुष्टि गरेको छ।

पुनका स्वकीय सचिव अनुपम जीसीका अनुसार मानपुरको सभालाई पनि सभापति थापाले सम्बोधन गर्नेछन्।

यसैबीच, कांग्रेसले शुक्रबार बुटवलमा समेत चुनावी सभा गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

लामिछानेको रिर्ट हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने
7 घण्टा अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

छुटाउनुभयो कि ?

TOP