काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले शपथ ग्रहण लगत्तै शिक्षा क्षेत्रमा सुधारको संकेत दिएका छन्। उनले निजी बोर्डिङ विद्यालयहरूले गरिब जनतालाई आर्थिक रूपमा शोषण गरिरहेको भन्दै यस्ता विद्यालयलाई क्रमशः खारेज गर्ने तयारी रहेको बताएका छन्।
मन्त्री पोखरेलले सरकारी विद्यालयलाई नै सुदृढ र गुणस्तरीय बनाउने सरकारको प्राथमिकता रहेको स्पष्ट पारे । उनका अनुसार अब सरकारी स्कुलमा पूर्वाधार सुधार, दक्ष शिक्षक व्यवस्थापन र पढाइको स्तर उकास्न विशेष ध्यान दिइनेछ।
उनको यो अभिव्यक्तिले शिक्षा क्षेत्रमा बहस सुरु गराएको छ भने अभिभावक र निजी विद्यालय पक्षबाट मिश्रित प्रतिक्रिया आउने देखिएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका ठूला घरहर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!