हेटौंडा, फागुन ११ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन्। करिब ३० वर्षको राजनीतिक यात्रापछि उनी पुनः नेपाली कांग्रेस मा फर्किएका हुन्।
रास्वपा मकवानपुरले हेटौंडामा सभा आयोजना गरिरहँदा पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका थिए। उनलाई कांग्रेस सभापति गगनकुमार थापा ले पार्टीमा स्वागत गरेका हुन्।
सामाजिक सञ्जालमार्फत पराजुलीले पार्टी नेतृत्व शैली, आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको र सीमित व्यक्तिको प्रभाव बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार बनेका पराजुली तेस्रो भएका थिए। आगामी निर्वाचनका लागि टिकट नपाएपछि उनी कांग्रेस नेताहरूसँग संवादमा रहेका थिए।
पराजुली कांग्रेसका पुराना नेता मानिन्छन् र मकवानपुरको पश्चिमी क्षेत्रमा उनको राम्रो राजनीतिक छवि रहेको बताइन्छ।
[RSS]
युनिकोड
मिति
रूपान्तरण

सम्बादाता





प्रतिक्रिया
No approved comments yet. Be the first to comment!