प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेश पाँच विकेटले विजयी

प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेश पाँच विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ । वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो ।

सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६० रन बनायो । एक सय ६१ रनको लक्ष्य मधेस प्रदेशले ३३ दशमलव ४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो । मधेस प्रदेशको जितमा अरनिको यादवको ४६, मोहम्मद आदिल आलमको ३४ र पवन सर्राफको २१ रन समावेश थियो ।

त्यस्तै सुदूरपश्चिमका लागि ब्याटिङ गर्ने क्रममा अभिषेक पालले ४५ बलमा ३३ रन तथा किरण ठगुन्नाले २३ रन जोडे । बलिङतर्फ मधेस प्रदेशका अरनिको यादवले तीन तथा प्रदीप पासवानले दुई विकेट लिए । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब तथा सात प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
एक महिना अगाडि

धनकुटा।यही वैशाख १८ गतेदेखि २२ गतेसम्म धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा १३औँ रारा रनिङ गोल ...

छुटाउनुभयो कि ?

TOP