कांग्रेस केन्द्रीय समिति बैठकले गर्‍यो प्रतिज्ञापत्र अनुमोदन

कांग्रेस केन्द्रीय समिति बैठकले गर्‍यो प्रतिज्ञापत्र अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले तयार गरेको प्रतिज्ञापत्र अनुमोदन गरेको छ । बुधबार बिहान ११ बजे बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञापत्र अनुमोदन गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

प्रतिज्ञापत्र आजै जनकपुरको तिरहुतियामा आयोजना हुने पहिलो चुनावी सभामा सभापति गगन थापाले सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम दिउँसो २ बजे सुरु हुने कांग्रेस मधेस प्रदेश समितिले जानकारी दिएको छ । कांग्रेसले यसपटक भिजन १० को अवधारणामा घोषणापत्र ल्याउने यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

लामिछानेको रिर्ट हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने
10 घण्टा अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

छुटाउनुभयो कि ?

TOP