नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरू भएको छ। आगामी रणनीति तय गर्न र हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न बैठक बोलाइएको हो।
बैठकमा दुई दिनअघि पार्टी सभापति पदबाट राजीनामा दिएका गगनकुमार थापा अनुपस्थित छन्। उनको अनुपस्थितिका कारण सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको छ।
सभापति थापाले बुधबार आफ्नो पदबाट राजीनामा दिँदै विश्वप्रकाश शर्मा लाई राजीनामापत्र बुझाएका थिए। सोही कारण हालको बैठक उपसभापति शर्मा नेतृत्वमा बसेको छ।
बैठकमा सभापति थापाको राजीनामापत्रबारे समेत विस्तृत छलफल हुने जनाइएको छ। साथै, निर्वाचन परिणामको समीक्षा गर्दै आगामी राजनीतिक रणनीति तय गर्ने एजेन्डामा छलफल केन्द्रित रहने नेताहरूले बताएका छन्।
काठमाडौं । लामो समयदेखि रोकिएको सडक विस्तारको काम बिहानै ५ बजेदेखि सुरु भएको छ । लामो समयदेखि रोकिएक ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!