काठमाडौं । अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको हो ।
दुर्घटनामा एक जना घाइते भएका छन् । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२ ०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो । घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको छ ।
आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएका छन् । प्रदर्शन अहिले पनि जारी छ । प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले अश्रुल ग्याँस पनि प्रहार गरेको थियो । अहिले अरनिको राजमार्ग अवरुद्ध गरेर प्रदर्शन भइरहेको छ ।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!