काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उनका समर्थकहरू विमानस्थल बाहिर पुगेका छन् । उनीहरू अहिले विभिन्न नारासहित पूर्वराजा शाहको स्वागतमा बसेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं पनि विमानस्थल पुगेका छन् ।
उनी समर्थकहरूलाई विमानस्थल बाहिर राखेर अहिले भित्र प्रवेश गरेका छन् । समर्थकहरूलाई आफू पूर्वराजा शाहलाई लिएर आउने भन्दै भित्र प्रवेश गरेका हुन् । त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवास लग्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मै कडा सुरक्षा व्यवस्था बनाइएको हो ।
अहिले काठमाडौंका चोक–चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आइपुगेका छन् । राप्रपा लगायत राजवादीहरूले उनको स्वागतको तयारी गरिरहेका छन् । ठुलोमात्रामा उनका समर्थकहरु विमानस्थिल बाहीर बसीरहेकाछन् ।
काठमाडौँ। कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!