कांग्रेस पदाधिकारी र प्रधानमन्त्रीको भेट

कांग्रेस पदाधिकारी र प्रधानमन्त्रीको भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोली आज प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेट भएको छ।

सभापति थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहितको टोलीले प्रधानमन्त्रीसँग निर्वाचनमा कांग्रेसले निर्वाह गरेको सहयोगको लागि आभार व्यक्त गर्ने र आगामी रणनीतिबारे छलफल गर्ने उद्देश्य राखेर भेट गरेको हो।

प्रधानमन्त्री कार्कीले बैठकमा कांग्रेस नेताहरूलाई निर्वाचनमा पराजित भए पनि विचलित नहुन आग्रह गर्दै, विभिन्न भूमिकामा रहँदै निर्वाचन सफल बनाउन देखाएको योगदानको प्रशंसा गर्नुभएको सचिवालयले जानकारी दिएको छ।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल पनि सहभागी थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
3 घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

छुटाउनुभयो कि ?

TOP