काठमाडौं । मानव शरीरमा दुई वटा मिर्गौला हुन्छन्, जसको मुख्य काम रगत सफा गर्नु हो। मिर्गौलाले शरीरमा जम्मा हुने युरिया र क्रियाटिनिनजस्ता दुषित पदार्थ फिल्टर गरी पिसाबमार्फत बाहिर निकाल्छ। साथै, शरीरमा सोडियम, पोटासियम र एसिडको सन्तुलन मिलाउने तथा रक्तचाप नियन्त्रण गर्न सहयोग गर्ने काम पनि मिर्गौलाले गर्छ।
मिर्गौला बिग्रिँदा सुरुमा स्पष्ट लक्षण नदेखिन पनि सक्छ। तर समस्या बढ्दै जाँदा पिसाबसम्बन्धी समस्या देखिन सक्छ। राति धेरै पिसाब लाग्ने, पिसाब कम हुँदै जानु, पिसाबमा फिँज आउनु, शरीर सुन्निनु, हात–खुट्टा वा अनुहार सुन्निनु जस्ता लक्षण देखिन्छन्।
शरीरमा पानी जम्मा हुँदा सास फेर्न गाह्रो हुने, थकान लाग्ने, खान मन नलाग्ने, वाकवाक लाग्ने र दुब्लिँदै जाने समस्या पनि हुन सक्छ। मिर्गौला रोगका मुख्य कारणमा मधुमेह, उच्च रक्तचाप, संक्रमण, झाडापखाला, केही औषधिको अत्यधिक प्रयोग, जंकफुडको बढी सेवन, कम पानी पिउने बानी, मोटोपन, धूमपान र मदिरापान रहेका छन्।
मिर्गौला जाँचका लागि पिसाब परीक्षण, रगत परीक्षण तथा अल्टासाउन्ड गरिन्छ। समयमै जाँच र उपचार गरेमा मिर्गौला रोग नियन्त्रण गर्न सकिन्छ। विशेषज्ञहरूका अनुसार स्वस्थ जीवनशैली अपनाउने, सन्तुलित आहार खाने, नियमित व्यायाम गर्ने र पर्याप्त पानी पिउने बानीले मिर्गौला रोगबाट बच्न सहयोग गर्छ।
काठमाडौं । गीत संगीतमार्फत समाजका कथा बोलेर चर्चा कमाएका प्रकाश सपुत को संसद् यात्रा यसपटक अधुरै बने ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!