काठमाडौं । नेपाल सरकारले ईरानका नागरिकलाई नेपाल प्रवेश गर्दा अब अन अराइभल भिसा नदिने निर्णय गरेको छ। सरकारी तथा कूटनीतिक राहदानी बाहक बाहेकका ईरानी नागरिकले नेपाल आउनुअघि विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था लागू गरिएको अध्यागमन विभागले जनाएको छ।
अध्यागमन विभागका निमित्त महानिर्देशक टीकाराम ढकालका अनुसार यस निर्णयसँगै नेपालमा अन अराइभल भिसा प्राप्त गर्न नपाउने मुलुकको संख्या १३ पुगेको छ। यसअघि पनि केही मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्दा उक्त सुविधा उपलब्ध गराइँदै आएको थिएन।
हाल अन अराइभल भिसा सुविधा नपाउने मुलुकहरूमा नाइजेरिया, घाना, जिम्बाब्वे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान, सिरिया र ईरान रहेका छन्।
विभागका अनुसार ती मुलुकका नागरिकले नेपाल आउनुअघि सम्बन्धित देश वा नजिकको मुलुकमा रहेको नेपाली दूतावास वा नियोगबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ।
यसैगरी शरणार्थी हैसियतको यात्रा कागजात भएका व्यक्तिहरूले पनि नेपाल प्रवेश गर्दा विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र नेपाल आउन पाउने व्यवस्था रहेको अध्यागमन विभागले जनाएको छ।
सरकारको पछिल्लो निर्णयसँगै नेपाल प्रवेशसम्बन्धी भिसा व्यवस्थामा थप कडाइ गरिएको अध्यागमन विभागको भनाइ छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!