कैलाली २ मा रास्वपाका २६ वर्षीय केपी खनाल विजयी,बन्ने भए कान्छा सांसद

कैलाली २ मा रास्वपाका २६ वर्षीय केपी खनाल विजयी,बन्ने भए कान्छा सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल कैलाली-२ बाट १९ हजार ५७ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी अहिले सम्म कै कान्छो सांसद बन्नेभएकाछन् । कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल निर्वाचित भएका छन् ।

२६ वर्षीय उनले सो क्षेत्रबाट १९ हजार ५७ मत ल्यायी विजयी हासिल गरे । निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले भन्दा खनालले ७ हजार १०८ मतान्तर ल्याउन सफल भए । चौधरीले ११ हजार ९४९ मत ल्याए ।

त्यस्तै एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले ७ हजार २१३ मत ल्याए । यसअघि कैलाली १ मा कोमल ज्ञवाली, ३ मा रास्वपाकै जगतप्रसाद जोशी, ४ र ५ मा पनि रास्वपाकै खेमराज कोइराला र आनन्दबहादुर चन्द विजयी भएका थिए । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

उपराष्ट्रपतिद्वारा शोक व्यक्त !
3 घण्टा अगाडि

काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अ ...

छुटाउनुभयो कि ?

TOP