सातै प्रदेशका निर्वाचन क्षेत्रमा एमाले उम्मेद्वार सिफारिस, केही क्षेत्रमा अध्यक्षको अन्तिम निर्णय

काठमाडौं,माघ ४- नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका निर्वाचन क्षेत्रमा उम्मेद्वार सिफारिस सूची आन्तरिक रूपमा तयार गरेको छ। सातै प्रदेशका सबै जिल्लामा उम्मेद्वारको नाम समेटिएको सूचीमा अधिकांश क्षेत्रमा नाम सिफारिस भइसकेको छ भने केही स्थानमा अन्तिम निर्णय पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने उल्लेख गरिएको छ।

सुदूरपश्चिम प्रदेश

कैलालीमा द्वारिका न्यौपाने, सूर्यबहादुर थापा, गौरीशंकर चौधरी, लेखराज भट्ट र यज्ञराज ढुङ्गाना सिफारिस भएका छन्। कञ्चनपुरमा कमला बोहरा, वचनबहादुर सिंह र दीपक भट्ट छन्। अछामबाट झपटबहादुर बोहरा र यज्ञ बोगटी, बाजुराबाट लालबहादुर थापा, डोटीबाट दीपक धामी, डडेल्धुराबाट चक्र स्नेही, बझाङबाट अफिलाल ओखेडा, बैतडीबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेशसिंह ठगुन्ना सिफारिस सूचीमा छन्।

कर्णाली प्रदेश

सल्यानबाट गुलाबजंग शाह, रुकुम पश्चिमबाट नन्दराम देवकोटा, सुर्खेतबाट धुर्व शाही र कुलमणि देवकोटा उम्मेद्वार सिफारिस भएका छन्। कालिकोटमा नागेन्द्र शाही (नेसनल), जुम्लामा शान्तिबहादुर महत, मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लङ्क रोकाया, दैलेखमा रविन्द्रराज शर्मा र लक्ष्मीराज शर्मा तथा जाजरकोटमा डम्मरबहादुर सिंहको नाम समावेश छ।

लुम्बिनी प्रदेश

नवलपरासीबाट रामप्रसाद पाण्डे र भगवतीप्रसाद यादव सिफारिस भएका छन्। रुपन्देहीमा बासुदेव घिमिरे र खिमलाल भट्टराईसहित केही क्षेत्रमा अध्यक्षले उम्मेद्वार टुङ्ग्याउने उल्लेख छ। कपिलवस्तुबाट विश्राम चौधरी र बिरेन्द्र कडौनिया, दाङबाट घनश्याम पाण्डे, बाँकेबाट सूर्य ढकाल र दलबहादुर सुनार, बर्दियाबाट सालिकराम अधिकारी र विमला विक, पाल्पाबाट नारायण आचार्य र विष्णुप्रसाद पोडेल, रोल्पाबाट गोकुल घर्ती, प्यूठानबाट सूर्यबहादुर थापा, अर्घाखाँचीबाट पिताम्बर भुसाल तथा गुल्मीबाट प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट सिफारिस भएका छन्। रुकुम पूर्वमा अध्यक्षले उम्मेद्वार टुङ्ग्याउने उल्लेख छ।

गण्डकी प्रदेश

नवलपुरबाट भागीरथ सापकोटा र तिलबहादुर (तिलक) महत क्षेत्री सिफारिस भएका छन्। गोरखाबाट आर.सी. लामिछाने र मिलन गुरुङ, लमजुङबाट पृथ्वी सुब्बा गुरुङ, तनहुँबाट भगवती न्यौपाने र केदार सिग्देल, स्याङ्जाबाट मिनप्रसाद गुरुङ र खिमबहादुर थापा उम्मेद्वार सिफारिसमा छन्। म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ, कास्कीबाट बैणबहादुर क्षेत्री, कृष्ण थापा र दामोदर बैरागी, बागलुङबाट हिरा केसी र मञ्जु शर्मा चालिसे, मुस्ताङबाट इन्द्रधारा बिष्ट, मनाङबाट पोल्देन सोताङ गुरुङ तथा पर्वतबाट पदम गिरीको नाम सूचीमा छ।

बागमती प्रदेश

सिन्धुलीबाट प्रदीप केसी (कटुवाल) र मनोजजंग थापा, रामेछापबाट माधवप्रसाद ढुङ्गेल, दोलखाबाट पार्वत गुरुङ सिफारिस भएका छन्। सिन्धुपाल्चोकमा आङदोर्जे शेर्पा र शेरबहादुर तामाङ, काभ्रेमा अमित लामा र एक क्षेत्रमा अध्यक्षले टुङ्ग्याउने उल्लेख छ। धादिङबाट भूमी त्रिपाठी र धनबहादुर घले, नुवाकोटबाट बद्री मैनाली र केशव पाण्डे, रसुवाबाट प्रेमबहादुर तामाङ उम्मेद्वार सिफारिस भएका छन्। मकवानपुरमा रामेश्वर राना र महेश बर्तौला, चितवनमा कृष्णराज (कमल) पाठक, अस्मिन घिमिरे र शंकरराज थपलिया सिफारिस सूचीमा छन्।
काठमाडौंमा मोहन रेग्मी, मणिराम फुयाल, रामेश्वर फुयाल, अमनकुमार मास्के, राजेश शाक्य र विनोद श्रेष्ठसहित केही क्षेत्रमा अध्यक्षले उम्मेद्वार टुङ्ग्याउने उल्लेख छ। ललितपुरमा चेतनाथ सञ्जेल, प्रेमबहादुर महर्जन र एक क्षेत्रमा अध्यक्षले टुङ्ग्याउने उल्लेख गरिएको छ।

मधेश प्रदेश

सप्तरीबाट सुमन प्याकुरेल, सतिश सिंह, ताराकान्त चौधरी र बालकृष्ण चौधरी सिफारिस भएका छन्। सिराहाबाट केदार यादव, नविनकुमार यादव, लिलानाथ श्रेष्ठ र बिल्टु यादव, धनुषाबाट रामचन्द्र मण्डल, उमाशंकर अग्रहरि, जुली महतो र रघुवीर महासेठ उम्मेद्वार सिफारिसमा छन्। महोत्तरीमा लक्ष्मी महतो कोइरी, रामपरिक्षण यादव र सरोज यादवसँगै एक क्षेत्रमा अध्यक्षले टुङ्ग्याउने उल्लेख छ। सर्लाही र पर्साका केही क्षेत्रमा पनि अध्यक्षले उम्मेद्वार टुङ्ग्याउने उल्लेख गरिएको छ। रौतहटबाट अजय गुप्ता, शैलेन्द्र साह, कुन्दन कुशवाहा र रामजी शाह तथा बाराबाट अच्युत मैनाली, बलवीर चौधरी, ज्वाला शाह र किसान श्रेष्ठ सिफारिस सूचीमा छन्।

कोशी प्रदेश

ताप्लेजुङमा अध्यक्षले उम्मेद्वार टुङ्ग्याउने उल्लेख छ। पाँचथरबाट ऐन्द्रसुन्दर नेम्वाङ, इलामबाट काजिमान कागते र सुहाङ नेम्वाङ सिफारिस भएका छन्। झापाबाट रामचन्द्र उप्रेती, देवराज घिमिरे, मनोज ताम्ली र पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेद्वार सिफारिस सूचीमा छन्। संखुवासभाबाट डा. अर्जुन कार्की, धनकुटाबाट राजेन्द्र राई, भोजपुरबाट शेर्दन राई, तेह्रथुमबाट भानुभक्त ढकाल उम्मेद्वार सिफारिस भएका छन्।
सुनसरीमा सूर्य पन्दाक, जगदीश कुसियात (मध्य–१ मा अध्यक्षले टुङ्ग्याउने) र भगवती चौधरी सिफारिस भएका छन्।
मोरङमा घनश्याम खतिवडा, दिलीप बगेडिया, दिलीप राई, जीवन घिमिरेसहित दुई क्षेत्रमा अध्यक्षले उम्मेद्वार टुङ्ग्याउने उल्लेख छ।
सोलुखुम्बुबाट कल्पना राई, ओखलढुंगाबाट अस्मिता थापा, उदयपुरबाट दुर्गा थापा स्वोती र अमर रायमाझी तथा खोटाङबाट देवविक्रम राई उम्मेद्वार सिफारिस भएका छन्।

एमाले स्रोतका अनुसार सिफारिस सूचीमाथि केन्द्रीय कमिटीमा छलफल जारी रहेको छ र अन्तिम नामावली छिट्टै सार्वजनिक गरिने तयारी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

मतदाता नामावली रुजु गर्दै आयोगका कर्मचारी
16 घण्टा अघि

काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP