सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मुल्य भने केही बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा ९०० ले घटेको छ भने चाँदी २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मुल्य चार हजार ८८५ निर्धारण भएको छ ।

हिजो सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मुल्य चार हजार ८६० निर्धारण भएको छ । साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८०० र त्यति नै मात्रामा चाँदी चार हजार ९८५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९७० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेप्से परिसूचक १३ अङ्कले बढ्यो
2 घण्टा अगाडि

काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिस ...

छुटाउनुभयो कि ?

TOP