तीन किलो चाँदीसहित एक जना पक्राउ,थप अनुसन्धान हुँदै

तीन किलो चाँदीसहित एक जना पक्राउ,थप अनुसन्धान हुँदै

काठमाडौँ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन् । वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रीवाहक बसमा शङ्का लागेर पर्साको फेटा गाउँपालिका-६ का आसु साबको झोला जाँच गर्दा  गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेको प्रहरीले जनाएको छ ।  

चाँदीसहित अभियुक्तलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमसक्ष पेस गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने
एक महिना अगाडि

काठमाडौँ | अध्यागमन विभागले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समा ...

छुटाउनुभयो कि ?

TOP