सरकारले प्रतिनिधिसभा चुनावका लागि १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्ने

काठमाडौं, पुस २३ — सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार, एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो। इच्छुक व्यक्तिहरू पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन्।

 आवेदन दिने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा हुनेछ।
दरखास्त दिने व्यक्तिले कम्तीमा १८ वर्ष पूरा भइसकेको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ। सेवाको अवधि कम्तीमा ४० दिन रहने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कोशीमा सिट गणितको लडाइँ तीव्र: एमाले बहुमतको दाबीमा, कांग्रेस आन्तरिक चिन्तामा
2 घण्टा अघि

विराटनगर१५ माघ - २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP