वरिष्ठ कलाकार थापाको हृदयाघातका कारण निधन

वरिष्ठ कलाकार थापाको हृदयाघातका कारण निधन

काठमाडौं,माघ २४-वरिष्ठ कलाकार थापाको आज बिहान हृदयाघातका कारण निधन भएको छ। अचानक छातीमा समस्या देखिएपछि उनलाई परिवारले थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए।

शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए। चलचित्र, टेलिफिल्म र रंगमञ्चमा उनले निभाएका प्रभावशाली भूमिकाले उनलाई दर्शक र चलचित्रकर्मीबीच सम्मानित बनाएको थियो।

उनको निधनले नेपाली कला क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै कलाकार संघ, चलचित्र क्षेत्रका विभिन्न संघ–संस्था तथा शुभचिन्तकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रतिनिधि सभा चुनावमा करिब ६० प्रतिशत मत खसेको घोषणा
1 हप्ता अगाडि

काठमाडौं/देशभर आज सम्पन्न प्रतिनिधि सभा चुनावमा करिब ६० प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि बेलुका ५ ...

छुटाउनुभयो कि ?

TOP