खोटाङमा देवान राईको नामले तरंग, चुनाव जित्ने सबैभन्दा बलियो उम्मेदवारको रूपमा उभिए

काठमाडौं पुस २२-पछिल्लो राजनीतिक अवस्था र स्थानीय शक्ति सन्तुलनलाई मध्यनजर गर्दा नेकपा एमाले खोटाङबाट देवान राई नै प्रतिनिधिसभा निर्वाचन जित्ने सबैभन्दा बलियो उम्मेदवार भएको निष्कर्ष पार्टीभित्र मात्र होइन, बाहिरका राजनीतिक विश्लेषक र सरोकारवालाहरूले समेत निकाल्न थालेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमाले खोटाङले १० जनाको नाम सिफारिस गरे पनि कोशी प्रदेश कमिटी उपसचिव देवान राई सबैभन्दा उपयुक्त पात्रको रूपमा अगाडि आएका छन् । संगठनभित्र लामो समयदेखि सक्रिय भूमिका, प्रदेशस्तरको जिम्मेवारी र जिल्लामा रहेको बलियो जनाधारका कारण राईलाई प्राथमिकतामा राखिएको पार्टी स्रोतको भनाइ छ ।

एमाले खोटाङको सोमबार बसेको सचिवालय बैठकले सबै आकांक्षीहरूको नाम सर्वसम्मत रूपमा प्रदेश कमिटीमा सिफारिस गरेको थियो । यद्यपि बैठकमा देवान राईलाई केन्द्रमा राखेर छलफल भएको र चुनावी प्रतिस्पर्धामा उनलाई सबैभन्दा बलियो उम्मेदवार मानिएको जिल्ला नेताहरूको दाबी छ ।

पार्टीका एक नेताका अनुसार पछिल्लो समय खोटाङको राजनीतिक समीकरण, विपक्षी दलहरूको अवस्था र मतदाताको मनोविज्ञान हेर्दा देवान राई नै जित सुनिश्चित गर्न सक्ने पात्रका रूपमा देखिएका छन् । “पार्टीभित्र मात्र होइन, बाहिरका जानकारहरूले पनि देवान राईलाई नै सबैभन्दा बलियो उम्मेदवार मानेका छन्,” ती नेताले भने ।

एमाले खोटाङले केन्द्रीय सदस्य विशाल भट्टराई, जिल्ला अध्यक्ष देवविक्रम राई, पूर्व केन्द्रीय सदस्य खगेन्द्र राई, रमेश पौडेल, प्रदेशसभा सदस्य पाँचकर्ण राई (पिके) लगायतको नाम पनि सिफारिस गरेको छ । तर संगठनात्मक पकड, नेतृत्व क्षमता र निर्वाचन जित्ने सम्भावनाका आधारमा देवान राई अग्रस्थानमा देखिएको पार्टीको आन्तरिक मूल्यांकन छ ।

प्रदेश कमिटी र केन्द्रीय नेतृत्वबाट अन्तिम निर्णय हुन बाँकी रहे पनि खोटाङको राजनीतिक वृत्तमा देवान राईको नामले चर्चा र तरंग पैदा गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
एक घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP