सरकारले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न स्वीकृति दियो

काठमाडौं पुस २१- सरकारले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न स्वीकृति प्रदान गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले दुवै देशसँग श्रम सम्झौता अघि बढाउन निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र (एमओयू) स्वीकृत गरिएको जानकारी दिए । साथै नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौतासमेत स्वीकृत गर्ने निर्णय भएको उनले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमान र इजरायलसँग श्रम सम्झौताको प्रक्रिया अघि बढाएको थियो । ओमानले यसअघि नै नेपालसँग श्रम समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरिसकेको थियो । सोही आधारमा मन्त्रिपरिषद् बैठकले औपचारिक स्वीकृति दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
एक घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP