सरकारले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न स्वीकृति दियो

सरकारले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न स्वीकृति दियो

काठमाडौं पुस २१- सरकारले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न स्वीकृति प्रदान गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले दुवै देशसँग श्रम सम्झौता अघि बढाउन निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र (एमओयू) स्वीकृत गरिएको जानकारी दिए । साथै नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौतासमेत स्वीकृत गर्ने निर्णय भएको उनले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमान र इजरायलसँग श्रम सम्झौताको प्रक्रिया अघि बढाएको थियो । ओमानले यसअघि नै नेपालसँग श्रम समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरिसकेको थियो । सोही आधारमा मन्त्रिपरिषद् बैठकले औपचारिक स्वीकृति दिएको हो ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विभिन्न जिल्लाका १० न्यायाधीशको सरुवा, २० जनाको पदस्थापन
एक महिना अगाडि

काठमाडौं,माघ २१— न्याय परिषद्ले विभिन्न जिल्लाका १० जना न्यायाधीशहरूको सरुवा गरेको छ। परिषद्ले ...

छुटाउनुभयो कि ?

TOP