सहिदका सपना पूरा गर्न उनीहरुको बाटोमै हिँड्ने प्रण गरौँ : सभापति थापा

काठमाडौं, माघ १६-नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदहरुको अदम्य साहस र बलिदानप्रति सम्मान गर्दै उनीहरुका सपना पूरा गर्न र देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने बताएका छन् ।

सहिद दिवसका अवसरमा जारी सन्देशमा सभापति थापाले २००७ को जनक्रान्तिदेखि २०८२ को 'जेनजी' विद्रोहसम्मका आन्दोलनमा जीवन आहुति दिने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 सहिदहरुले देश र जनताका लागि जीवन समर्पण गरेको कारण आज नागरिकहरु स्वतन्त्रताको युगमा श्वास फेर्न पाएको उल्लेख गर्दै उनले भने, "सुदृढ लोकतन्त्रबाट मात्र नेपाल शान्त र समुन्नत बन्न सक्छ ।"सभापतिले कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा उल्लिखित जनअधिकारलाई प्रभावकारी कार्यान्वयन गरी समयसापेक्ष परिमार्जन गर्नुपर्ने जोड दिए ।

 वीर सहिदको त्याग र आदर्शलाई आत्मसात् गर्दै 'समुन्नत नेपाल, सम्मानित नेपाली' को लक्ष्य हासिल गर्न स्वदेश–विदेशका नेपालीको सामूहिक प्रयास आवश्यक रहेको विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेका सभापति थापा-सम्बोधन
18 घण्टा अघि

नकौल, माघ १५ -नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही जिल्ला क्षेत्र नं ३ अन्तर्गत रहेको बरहथ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP