सुरेश न्यौपाने अख्तियारको नयाँ प्रवक्ता नियुक्त

सुरेश न्यौपाने अख्तियारको नयाँ प्रवक्ता नियुक्त

काठमाडौ पुस १६-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव सुरेश न्यौपानेलाई आयोगको नयाँ प्रवक्ताको जिम्मेवारी दिएको छ।

आयोगका अनुसार, न्यौपानेको प्रवक्ता पदमा नियुक्ति २०८२ साल पुस १६ गते देखि लागु भएको छ। अब आयोगसँग सम्बन्धित सबै जानकारी, आधिकारिक बयान र सार्वजनिक सूचनाका लागि उनी मुख्य सम्पर्क व्यक्ति हुनेछन्।

प्रवक्तासँग सम्पर्क गर्नको लागि आयोगले आवश्यक व्यवस्था समेत मिलाएको छ। आयोगले यस नियुक्तिसम्बन्धी जानकारी सबै सरोकारवालालाई जानकारी गराउन अनुरोध गरेको छ।

सुरेश न्यौपानेले आफ्नो नयाँ भूमिकामा आयोगको गतिविधि र सूचना सबैसम्म छरितो रूपमा पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP