तत्कालीन गृहमन्त्री रमेश लेखक आयोगमा बयान दिन उपस्थित !!!

काठमाडौं १४ सोमबार  । Genz आन्दोलनको गोली प्रहार घटनाको छानबिनका क्रममा तत्कालीन गृहमन्त्री रमेश लेखक आयोगको कार्यालय पुगेर बयान दिएका छन्। घटनासँग सम्बन्धित सत्यतथ्य पत्ता लगाउने उद्देश्यले आयोगले लेखकसँग विस्तृत बयान लिएको हो।
आयोगका अनुसार घटनाका बेला गोली कसले चलायो, कति गोली चलाइयो, कसको आदेश वा अनुमतिमा चलाइयो र कुन प्रकारको बन्दुकबाट गोली प्रहार भएको हो भन्ने विषयमा स्पष्ट जवाफ आवश्यक रहेकाले सोही विषयमा केन्द्रित रहेर बयान लिइएको आयोग स्रोतले जनाएको छ।
घटनापछि सार्वजनिक चासो बढिरहेका बेला आयोगले उच्च तहका जिम्मेवार व्यक्तिहरूसँग बयान लिने प्रक्रिया तीव्र बनाएको छ। आयोगले सबै पक्षका बयान, प्राविधिक प्रमाण तथा सुरक्षा निकायबाट प्राप्त विवरणका आधारमा निष्कर्षमा पुग्ने तयारी गरिरहेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
3 घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP