राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबीच बृहत् एकता सहमति

काठमाडौँ, पुस १३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच बृहत् एकता र सहकार्यसम्बन्धी औपचारिक सहमति भएको छ। सामाजिक न्याय, सुशासन र परिवर्तनकारी राजनीतिको साझा उद्देश्यसहित दुवै पक्षबीच यो सहमति भएको हो।

सहमति अनुसार २०८२ साल भदौ २३ र २४ गते भएको जनआन्दोलनको मर्मलाई आत्मसात् गर्दै भ्रष्टाचार र कुशासनविरुद्धको संघर्षलाई निर्णायक बनाइने उल्लेख गरिएको छ। आन्दोलनका क्रममा घाइते तथा सहिद भएकाहरूको योगदानलाई सम्मान गर्दै उनीहरू तथा परिवारका मागलाई यथोचित रूपमा सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

सम्झौतामा समुन्नत र सामाजिक न्याययुक्त राष्ट्र निर्माणका लागि दीर्घकालीन नीति तय गर्दै संस्थागत तथा संरचनागत सुधारमार्फत आर्थिक–सामाजिक रूपान्तरण अघि बढाइने उल्लेख छ। सुशासनलाई केन्द्रमा राखी राजनीतिक अभ्यासलाई थप मजबुत बनाउँदै नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने लक्ष्य पनि सहमतिमा समेटिएको छ।

बृहत् एकतापछि गठन हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहनेछ। दलको झण्डा निलो पृष्ठभूमिमा सेतो रङको गोलाकार घण्टी चिह्न रहनेछ भने निर्वाचन चिन्ह पनि घण्टी नै हुनेछ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने उल्लेख गरिएको छ।

सहमति अनुसार पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन्। प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालन्द्र शाह अघि सारिने व्यवस्था गरिएको छ।

पार्टी संगठनलाई सक्षम, समावेशी र फराकिलो बनाउने उद्देश्यले युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई जिम्मेवारी दिइनेछ। नेतृत्व चयनमा योग्यता, समावेशिता र सार्वजनिक छविलाई मुख्य आधार बनाइने सहमतिमा उल्लेख छ।

यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी विवरणहरू निर्वाचन आयोगमा अद्यावधिक गरिनेछन्। साथै लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य परिवर्तनकारी राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई पनि सहकार्यका लागि आह्वान गरिएको छ।

सम्झौतामा पार्टी सभापति रवि लामिछाने र बालन्द्र शाहको हस्ताक्षर रहेको छ। सहमति पुस आइतबार  काठमाडौँमा सम्पन्न भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
4 घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP