काठमाडौं पुष ८ — नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सेवा प्रवेश, बढुवा तथा विभिन्न सुविधा लिएको आरोपमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध बिशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार १९८८ मा भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट प्राप्त गरेको भनिएको Secondary School Examination (SLC–India) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको छ। स्रोतका अनुसार उक्त प्रमाणपत्रको अभिलेखमा अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको देखिए पनि गिरीले पेश गरेको प्रमाणपत्रमा Roll Code 5501/Roll No 718 उल्लेख रहेकाले प्रमाणपत्र नक्कली ठहर गरिएको हो।
स्रोतका अनुसार सोही नक्कली शैक्षिक योग्यताको आधारमा गिरीले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट PCL in Nursing तथा २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट Post Basic Bachelor in Nursing को योग्यता प्राप्त गरेको देखिएको छ। ती प्रमाणपत्र पेश गरी २०५२/०९/१६ मा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा नियुक्ति लिएको र पछि बढुवा हुँदै हाल वरिष्ठ उपरीक्षक पदसम्म पुगेको आयोगले जनाएको छ।
आयोग स्रोतका अनुसार गिरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी ओहोदा, तलब–भत्ता, तालिम तथा विभिन्न सुविधा लिएको पुष्टि भएकाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी सहित बिशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।
काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

प्रतिक्रिया