नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

काठमाडौँ, माघ-८ आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ थालेको छ ।    
    
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ थालेको हो । यसअघिको खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो ।    
    
 जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको नेदरल्यान्ड्स तेस्रो जितको खोजीमा छ । नेपाललाई पराजित गरेमा ऊ सुपर सिक्समा पुग्नेछ । महिला टी–२० वरियतामा नेदरल्यान्ड्स १४औँ र नेपाल २१औँ स्थानमा छ ।

[रासस]     
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आलेख : महिला जनप्रतिनिधिका पीडा : ‘अवसर पायौँ, जिम्मेवारी पाएनौँ’
18 घण्टा अघि

तानसेन (पाल्पा), माघ १४ - “जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर हामी महिला सदस्यको कुनै ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP