नेपाल एयरलाइन्सका चालक दल सदस्य सन्देश तिवारी दोहामा सुनसहित पक्राउ

नेपाल एयरलाइन्सका चालक दल सदस्य सन्देश तिवारी दोहामा सुनसहित पक्राउ

दोहा,मङ्सिर १५ — नेपाल एयरलाइन्सका चालक दल सदस्य सन्देश तिवारी दोहामा सुन तस्करीको आरोपमा पक्राउ परेका छन्। नोभेम्बर २९ को उडान नम्बर RA-240 मार्फत काठमाडौं फर्किन तयारी भइरहेका तिवारीलाई हमाद इन्टरनेशनल एयरपोर्टस्थित भन्सार जाँचका क्रममा आठ तोला सुनसहित दोहा प्रहरीले नियन्त्रणमा लिएको पुष्टि भएको छ।

भन्सार जाँचमै सुन फेला परेपछि विमान करिब ३५ मिनेट रोकिएको स्रोतले जनाएको छ। विमानस्थल सुरक्षाले तिवारीलाई नियन्त्रणमा लिएर दोहामै कानुनी प्रक्रिया अघि बढाएको छ। बरामद गरिएको सुनको प्रकृति, तस्करीको आशंका तथा संलग्नताबारे थप अनुसन्धान भइरहेको दोहा प्रहरीले जनाएको छ।

घटना सार्वजनिक भएपछि नेपाल एयरलाइन्सले तिवारीलाई तत्काल तीन महिनाका लागि निलम्बन गरेको एयरलाइन्सका एक वरिष्ठ अधिकारीले बताएका छन्।

यसैबीच नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले भने, घटना बाहिरिएको प्रारम्भिक चरणमा “कम्पनीले आधिकारिक जानकारी प्राप्त नगरेको” बताइन्।

दोहा प्रहरीले पक्राउ परेकासँग बरामद सुन कसरी ल्याइयो, यसका पछाडिको उद्देश्य के हो र सम्भावित आपराधिक गठजोड छ कि छैन भन्नेबारे विस्तृत छानबिन अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

चिसोको प्रभाव तीव्र, न्यानो लुगा र सुरक्षित बसोबासमा जोड
2 महिना अगाडि

काठमाडौं पुस १६-न्यूनतम तापक्रम घट्दै जाँदा देशका विभिन्न भागमा चिसोको प्रभाव तीव्र बन्दै गएको छ। चि ...

छुटाउनुभयो कि ?

TOP