धनुषा पुस १६-धनुषा प्रहरीले अनलाइन ठगीमा संलग्न ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा आज आयोजित पत्रकार सम्मेलनमार्फत नक्कली वालेट आइडी बनाएर ठगी गर्दै आएको समूहलाई पक्राउ गरिएको जानकारी दिइएको हो।
प्रहरीका अनुसार धनुषाका गणेशमान चारनाथ नगरपालिका–१ घर भई हाल धनुषाधाम नगरपालिका–९ धारापानी चौकस्थित मामा भान्जा ट्रेडर्स आइएमईका सञ्चालक विशाल भुजेलसहित ६ जना पक्राउ परेका हुन्। पक्राउ पर्ने अन्य व्यक्तिहरूमा धनुषाधाम–९ का ३७ वर्षीय सन्तोष मण्डल, धनौजी गाउँपालिका–२ का २५ वर्षीय साधुराम, सोही ठाउँका २० वर्षीय रुपेश कुमार साह, १९ वर्षीय निक्की कुमार राम तथा जनकपुरधामको शिव चोक क्षेत्रमा डेरा गरी बस्ने २२ वर्षीय बलराम मण्डल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरका अनुसार पक्राउ परेकाहरू अधिकांश प्रतिष्ठित कलेजमा अध्ययनरत विद्यार्थी तथा आइटी क्षेत्रमा राम्रो दखल राख्ने व्यक्ति रहेको खुलेको छ।
प्रहरी अनुसन्धानबाट उनीहरूले विदेशबाट आफन्तले पठाएको रकम लिन गाउँबाट आइएमई केन्द्रमा आउने महिलाहरूलाई झुक्याई नागरिकता र फोटो संकलन गर्ने तथा उनीहरूकै नाममा वालेट एकाउन्ट खोली सञ्चालन गर्ने गरेको पाइएको छ। ती वालेटमार्फत अनलाइन सामान बिक्रीको नाममा सर्वसाधारणबाट रकम जम्मा गराउने तर सामान नपठाउने गरेको खुलेको प्रहरीले जनाएको छ।
अनलाइनमार्फत १ हजार ६ सयदेखि १० हजार रुपैयाँसम्म रकम जम्मा गरे पनि सामान नआएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उनीहरूको संलग्नता पुष्टि भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका अभियुक्तहरूको साथबाट विभिन्न कम्पनीका १९ थान मोबाइल, ४ थान ल्यापटप ट्याब, एप्पल कम्पनीको १ थान आइप्याड, ठगीमा प्रयोग भएका २० थान सिम कार्ड, ५५ थान सिम कभर तथा ३ थान इन्टरनेट राउटर बरामद गरिएको प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले जानकारी दिए।
प्रहरी अनुसन्धान अनुसार विभिन्न व्यक्तिको नाममा खोलिएका वालेट आइडीबाट हालसम्म करिब ३९ लाख २० हजार ६५ रुपैयाँ बराबरको कारोबार भएको खुलेको छ। साथै, २९ जनाको वालेटमा जम्मा भएको करिब ४ लाख रुपैयाँ रकम हाल रोक्का गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र अनलाइन कारोबार गर्दा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
मुस्ताङ, १५ माघः भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ल ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!