काठमाडौं साउन ३१ — नेपाली खगोल विज्ञानमा अभूतपूर्व मानिएको एक अनुसन्धानले अहिले अन्तर्राष्ट्रिय वैज्ञानिक जगतमा नेपालको नामलाई नयाँ उचाइमा पुर्याएको छ।नेपाल बौद्धिक परिषदका केन्द्रिय सदस्य तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिचन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. दया निधि छत्कुलीले नेतृत्व गरेको ग्यालेक्सीको विकासक्रमसम्बन्धी अध्ययन प्रतिष्ठित Q2 श्रेणीको Journal of the Korean Astronomical Society (JKAS) मा प्रकाशन भएको छ। उक्त अनुसन्धानले ब्रह्माण्डमा साना तर अत्यन्त घना ग्यालेक्सीहरूको दीर्घकालीन रूपान्तरण प्रक्रियामा नयाँ दृष्टिकोण प्रदान गर्दै विश्वका प्रमुख विज्ञान मञ्चहरूमा व्यापक चर्चा पाएको छ।
यो अनुसन्धान SDSS J134313.15+364457.5 नामक दुर्लभ ‘कम्प्याक्ट ड्वार्फ ग्यालेक्सी’ को गहिरो अध्ययनमा आधारित छ। Sloan Digital Sky Survey (SDSS) को डेटाबेसमा सूचीकृत यस ग्यालेक्सीलाई डा.दयानिधि छत्कुलीको नेतृत्वमा डा.संजय पौडेल, प्रा.डा.बिनिल अर्याल लगाएतको राष्ट्रिय र अन्तरास्ट्रिय टोलि सम्मिलित भएर गरेका थिए। टोलीले आधुनिक खगोलदर्शन प्रविधि, शक्तिशाली टेलिस्कोप र अन्तर्राष्ट्रिय डेटा अभिलेख प्रयोग गरी विस्तृत रूपमा परीक्षण गरे। विभिन्न तरंगका अवलोकन, प्रकाशीय स्पेक्ट्रा विश्लेषण, तारा समूहहरूको वितरण, र गतिशील अवस्थाको गणनासहितको अध्ययनबाट यो ग्यालेक्सी अहिले कम्प्याक्ट इलिप्टिकल ग्यालेक्सीमा रूपान्तरण भइरहेको ठोस प्रमाण फेला पारिएको छ।
वैज्ञानिक दृष्टिले, यस्तो रूपान्तरण दुर्लभ मात्र नभई अत्यन्त महत्वपूर्ण मानिन्छ। सानो ग्यालेक्सी जब आफ्नो विकासक्रममा पुराना तारा समूहहरूले प्रभुत्व जमाउँछन्, नयाँ ताराहरूको निर्माण दर घट्छ र यसको आकार क्रमशः घट्दै घनत्व बढ्छ — तब यसको संरचना र स्वभावमा ठूलो परिवर्तन आउँछ। यस प्रक्रियाको प्रत्यक्ष अवलोकन अत्यन्त कठिन छ किनभने यो लाखौँदेखि करोडौँ वर्षमा हुने क्रमिक परिवर्तन हो। डा. छ्त्कुलिको टोलीले यही प्रक्रियालाई हाल भइरहेको अवस्थामा पत्ता लगाउनु खगोल विज्ञानका लागि दुर्लभ सौभाग्यको कुरा मानिएकोछ।यो अत्यन्तै मत्वपुर्ण आबिस्कार हो।
यो अनुसन्धानको महत्व बुझेर Phys.org, MSN, Life Technology, Science News Today, Astrounivers.com, Sciencewave.kr, The Mirror Science, Issues.fr लगायतका प्रमुख अन्तर्राष्ट्रिय विज्ञान समाचार प्लेटफर्महरूले यसलाई प्रमुख समाचारका रूपमा प्रकाशन गरेका छन्। अन्तर्राष्ट्रिय स्तरका खगोल वैज्ञानिकहरूले यस अध्ययनलाई “एक उत्कृष्ट केस स्टडी” र “ग्यालेक्सी विकासक्रमको प्रत्यक्ष प्रमाण” भन्दै उच्च प्रशंसा गरेका छन्।
नेपालमा खगोल विज्ञान अनुसन्धानका लागि अत्याधुनिक उपकरण, स्थायी प्रेक्षणशाला र पर्याप्त स्रोतसाधनको अभाव छ। यद्यपि, सीमित स्रोतमा पनि नेपाली अनुसन्धानकर्ताले अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउने खालको अनुसन्धान सम्भव भएको यस घटनाले प्रमाणित गर्यो। डा. छ्त्कुलिकाअनुसार, “यो अध्ययनले केवल वैज्ञानिक प्रश्नको उत्तर दिएको छैन, यसले नेपालका युवा वैज्ञानिकलाई विश्वस्तरीय अनुसन्धानमा योगदान दिन सक्ने आत्मविश्वास दिएको छ।”
अन्तर्राष्ट्रिय चर्चासँगै, डा. दया निधि छ्त्कुलिले हालै आफ्नो यो अनुसन्धानबारे नेपाल बौद्धिक परिषदको केन्द्रीय कार्यालय, बागबजारमा आयोजित एक विशेष कार्यक्रममा पनि विस्तृत जानकारी प्रस्तुत गरेका छन्। नेपाल बौद्धिक परिषदका अध्यक्ष गजेन्द्र थपलिया, विभिन्न केन्द्रीय समिति सदस्य र वैज्ञानिक रुचि राख्ने व्यक्तिहरूको उपस्थितिमा उनले अनुसन्धानको पृष्ठभूमि, प्रयोग गरिएका विधिहरू, प्रयोगशाला र डेटा स्रोत, विश्लेषण प्रक्रियादेखि लिएर प्राप्त निष्कर्षसम्मको विवरण प्रस्तुत गरे। कार्यक्रममा उनले यस अनुसन्धानले नेपालको वैज्ञानिक छवि अन्तर्राष्ट्रिय स्तरमा कसरी उजागर गरेको छ भन्ने विषयमा पनि जोड दिए।डा.दयानिधि छत्कुलि नेपाल प्रगतिशील प्राध्यापक संगठनका सचिबालय सदस्य पनि हुन।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया