काठमाडौं, भदौ २८– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई संयुक्त राष्ट्रसंघ (यूएन) ले बधाई तथा शुभकामना सन्देश दिएको छ।
नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी कार्कीलाई बधाई दिएकी हुन्।
संयुक्त राष्ट्रसंघले प्रधानमन्त्री नियुक्तिको अवसरमा नेपाली जनतालाई समेत बधाई दिँदै शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको आकांक्षामा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “यो महत्वपूर्ण मोडमा संयुक्त राष्ट्रसंघ नेपाली जनताको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको आकांक्षामा साथ दिन प्रतिबद्ध छ।”
प्रधानमन्त्री कार्कीले भदौ २७ गते राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।
काठमाडौं, असोज १४-नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिनसम्म ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!