नेकपा एमालेका महासचिव शंकर पोखरेल भन्छन:संसद विघटन हुनु देशको लागि बिडम्बना हो।

नेकपा एमालेका महासचिव शंकर पोखरेल भन्छन:संसद विघटन हुनु देशको लागि बिडम्बना हो।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद् विघटन   गर्ने कार्य विडम्बनापूर्ण भएको बताएका छन्। सडक आन्दोलनपछि गठित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्ने सहमति जुटेको समाचार बाहिरिएपछि महासचिव पोखरेलले त्यसको विरोध गरेका हुन्।

‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयम् विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं’, पोखरेलले लेखेका छन्।

एमाले र कांग्रेससहित प्रमुख राजनीतिक दलहरूले संसद् विघटन गर्न नहुने बताउँदै आएका छन्। तर जेन-जी आन्दोलनकारीहरूले अन्तरिम सरकार गठनसँगै संसद् विघटन हुनुपर्ने  अडान राख्दै आएका थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
5 महिना अगाडि

काठमाडौं, असोज १४-नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिनसम्म ...

छुटाउनुभयो कि ?

TOP