काठमाडौं भदौ २७-पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार राति राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पदको शपथ ग्रहण गरेकी छिन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्।
कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्। गतसाता जेन–जी आन्दोलनको चापमा बनेको सहमतिअनुसार उनलाई अन्तरिम सरकारको नेतृत्व दिइएको हो।
शपथपछि राष्ट्रपति पौडेलले आगामी ६ महिनाभित्र नयाँ जनादेश लिन प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने जिम्मेवारी कार्कीलाई दिएका छन्। सोअनुसार, आगामी फागुन महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्नेछ।
प्रधानमन्त्री कार्कीले आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटन गर्ने सिफारिस समेत गरिसकेकी छिन्। यससँगै अब देश नयाँ निर्वाचनको तयारीमा प्रवेश गर्ने भएको छ।
काठमाडौं, असोज १४-नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिनसम्म ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!