काठमाडौँ,भदौ २७ — पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारकी प्रधानमन्त्री बन्न लागेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री नियुक्त गर्ने र आजै राति ९ बजे शीतल निवासमा शपथ दिलाउने कार्यक्रम तय भएको छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले अनलाइनखबरसँग भने, “पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्यूलाई नियुक्त गर्नुहुन्छ। त्यसपछि प्रधानमन्त्रीज्यूले राति ९ बजे शपथ लिनुहुनेछ।”
शपथ ग्रहणपछि कार्कीले मन्त्रिपरिषद गठनको प्रक्रिया अघि बढाउने बताइएको छ। प्रमुख दलहरूबीच लामो राजनीतिक छलफलपछि अन्तरिम सरकारको नेतृत्व कार्कीलाई दिन सहमति जुटेको हो।
यससँगै मुलुक अन्तरिम व्यवस्थामा प्रवेश गर्ने भएको छ, जसलाई आगामी राजनीतिक सहमति र निर्वाचनतर्फको पूर्वतयारीका रूपमा हेरिएको छ।
काठमाडौं, असोज १४-नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिनसम्म ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!