जनकपुर, जेठ १४–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेस प्रदेश सभा सदस्य सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई भ्रष्टाचारको आरोपमा सोमबार जनकपुरबाट पक्राउ गरेको छ।
उजुरीका आधारमा अख्तियारले सिंहले उपभोक्ता समितिहरू गठन गराई ती समितिका खातामा आएको सरकारी रकम सचिवमार्फत झिकाएर आफ्नै र श्रीमतीको खातामा जम्मा गराएको जनाएको छ। केही रकम सचिव कायस्थको खातामा समेत राखिएको खुलेको छ।
कायस्थलाई जनकपुर उपमहानगरपालिका–९ स्थित सरस्वती टोलबाट अपराह्न १ बजे नियन्त्रणमा लिइएको हो। आयोगले प्रदेश सांसद सिंहको प्रयोगमा रहेको विद्युतीय उपकरण समेत कब्जामा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया