प्रदेश सांसदका स्वकीय सचिव भ्रष्टाचार अभियोगमा पक्राउ

प्रदेश सांसदका स्वकीय सचिव भ्रष्टाचार अभियोगमा पक्राउ

जनकपुर, जेठ १४–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेस प्रदेश सभा सदस्य सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई भ्रष्टाचारको आरोपमा सोमबार जनकपुरबाट पक्राउ गरेको छ।

उजुरीका आधारमा अख्तियारले सिंहले उपभोक्ता समितिहरू गठन गराई ती समितिका खातामा आएको सरकारी रकम सचिवमार्फत झिकाएर आफ्नै र श्रीमतीको खातामा जम्मा गराएको जनाएको छ। केही रकम सचिव कायस्थको खातामा समेत राखिएको खुलेको छ।

कायस्थलाई जनकपुर उपमहानगरपालिका–९ स्थित सरस्वती टोलबाट अपराह्न १ बजे नियन्त्रणमा लिइएको हो। आयोगले प्रदेश सांसद सिंहको प्रयोगमा रहेको विद्युतीय उपकरण समेत कब्जामा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

इरानी आणविक केन्द्रबारे अमेरिकी रिपोर्ट चुहावट ‘देशद्रोह’ हो : ट्रम्पका विशेष दूत स्टिभ विटकफ
8 महिना अगाडि

काठमाडौं, असार १२— अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि विशेष दूत स्टिभ ...

छुटाउनुभयो कि ?

TOP