काठमाडौ ,२५ चैत्र -राजधानी काठमाडौंको वायु गुणस्तर पुनः खतराको तहमा पुगेको छ। सोमबार बिहान स्विट्जरल्यान्डस्थित IQAir ले सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर बनेको हो।
आईक्यू एयरको तथ्यांकअनुसार बिहान ६ बजे काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) २११ मापन गरिएको छ। भारतको नयाँदिल्ली पहिलो स्थानमा (AQI २७७) र पाकिस्तानको लाहोर तेस्रो स्थानमा (AQI २०८) छन्।
उपत्यकाको अन्य स्थानहरूमध्ये शंखपार्क क्षेत्रको हावा सबैभन्दा अस्वस्थ पाइएको छ। अत्यधिक धूलो र सूक्ष्म कणको मात्रा भएका कारण त्यहाँको हावा स्वास्थ्यका लागि उच्च जोखिमयुक्त भएको विज्ञहरू बताउँछन्।
नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकांकअनुसार:
०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ, र ३०१ भन्दा माथि खतरनाक मानिन्छ।
२११ अंकको एक्यूआईले काठमाडौंको हावा ‘निकै अस्वस्थ’ भएको पुष्टि गर्छ।
गत मंगलबार र शुक्रबार काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा थियो। यद्यपि, आजको मापनमा दोस्रो स्थानमा झरेको भए पनि स्थिति अझै गम्भीर छ।
स्वास्थ्य विज्ञहरूका अनुसार यस्तो अवस्थामा बालबालिका, वृद्ध, श्वासप्रश्वास सम्बन्धी समस्याग्रस्त व्यक्ति अत्यन्त संवेदनशील हुन्छन्। मास्कको अनिवार्य प्रयोग, घर बाहिरको गतिविधिमा नियन्त्रण र स्वास्थ्य सचेतना अत्यावश्यक रहेको उनीहरू बताउँछन्।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया