काठमाडौं, वैशाख २३ —सल्यानको सुन्दरडाँडा–थाङ्नेखोला सडक निर्माणमा भ्रष्टाचार भएको अभियोगमा विशेष अदालतबाट सफाइ पाएका इन्जिनियर विनोद पुनसहितका प्रतिवादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
शारदा नगरपालिका–१५ मा निर्माण भएको सडक सवारी चलाउन नमिल्ने र सम्झौताअनुसारको कार्य नभएको दाबी गर्दै अख्तियारले रु ७ लाख १४ हजार ४१ रुपैयाँ ९ पैसा बराबरको बिगो मागसहित मुद्दा दायर गरेको थियो।
अदालतले मिति २०८० फागुन १५ गते प्रतिवादीहरूलाई सफाइ दिएको थियो। अख्तियारले उक्त फैसलाप्रति असहमति जनाउँदै पुनरावेदनमार्फत दोष पुष्टि गरी सजाय माग गरेको हो।
काठमाडौं, २२ जेठ — काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा रहेको पतञ्जली योग पीठ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!