अनुराधा पाण्डेयको कथा प्रवचन चैत्र २९ देखि पोखरामा सुरु

पोखरा–१७ बिरौटामा आयोजना हुने श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ को तयारी अन्तिम चरणमा पुगेको छ। महायज्ञको प्रचारप्रसार अन्तर्गत यही चैत्र २९ गतेदेखि कथा प्रवचन सुरु हुने भएको छ।

यस ऐतिहासिक अवसरमा विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेय भारतबाट नेपाल आउने भएकी छन्। उनीबाट कोटिहोम महायज्ञको पहिलो कथा प्रवचन हुने कार्यक्रम तय भएको मानव सेवा फाउण्डेसन नेपाल, कास्की शाखाले जानकारी दिएको छ।

कोटिहोम महायज्ञ बैशाख १७ गते बाट विधिवत् आरम्भ हुनेछ। महायज्ञ अवधिभर शंकराचार्य, साधुसन्त, महन्त, कथा वाचकको सहभागिता रहनेछ। श्रीमद्भागवत, रामकथा, शिवपुराण, हनुमान कथा, देवीभागवतजस्ता विविध वाचनसँगै विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, कोटी दीप, एक करोड शिवलिङ्ग स्थापनालगायत कार्यक्रमहरू सञ्चालन हुनेछन्।

साथै राष्ट्रिय भजन प्रतियोगिता, कवि सम्मेलन, धार्मिक वक्तृत्वकला, चित्रकला प्रतियोगिता, कन्या पूजा, रक्तदानस्रष्टा सम्मान कार्यक्रम पनि महायज्ञमा समावेश गरिनेछ।

आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई सहभागिता जनाई पुण्य लाभ लिन अनुरोध गरेको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

कोशीमा सिट गणितको लडाइँ तीव्र: एमाले बहुमतको दाबीमा, कांग्रेस आन्तरिक चिन्तामा
2 घण्टा अघि

विराटनगर१५ माघ - २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP