त्रिभुवन बिश्व बिधालयको जग्गा हिनामिना गर्नेलाई छाडिन्न:प्रधानमन्त्री
सम्बादाता
२०८१-०९-०३
465
Shares
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन्। उनले फेसबुकमार्फत उक्त जानकारी दिएका हुन्।
उनले ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको पनि जानकारी दिए।
‘आयोगको अध्ययन प्रतिवेदन हिजो प्राप्त भएको छ, शारदाप्रसाद त्रिताल अस्वस्थ हुनुहुँदो रहेछ, उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु, त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिश गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्नेछ, त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइनेछ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन्,’उनले उल्लेख गरेका छन्।
उनले आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजि र आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिने बताए।
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले हिजो मंगलबार प्रधानमन्त्री ओलीसमक्ष प्रतिवेदन हस्तान्तरण गरेको छ।
सम्बादाता
२०८१-०९-०३
465
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!