पशुपति क्षेत्रमा बिनाकारण आवतजावत गर्नेहरू जोडिए सरसफाइ अभियानमा

पशुपति क्षेत्रमा बिनाकारण आवतजावत गर्नेहरू जोडिए सरसफाइ अभियानमा

काठमाडौ ।पशुपति क्षेत्र बिकास कोषले पशुपति क्षेत्रमा अनावश्यक डुलि हिड्ने ,भक्तजनहरुलाइ दुख दिने,बाटो छेक्ने र जबर्जस्ती पैसा माग्नेमाथी कडाइका साथ निगरानी बढाउन थालेकोछ।

दिउसोमा अनेक रुप धारण गरि पैसा माग्ने,बाटो छेकी यो किन्नुस त्यो किन्नुस भन्नेदेखि रातमा कुलतमा फसेका युवा युवतीहरुको सङ्ख्या बढ्न थालेको सूचनाको आधारमा  पशुपति क्षेत्रमा  निगरानी बढाउन थालिएको हो।दुई दिनदेखि यस्तो कार्यको प्रारम्भ गर्न थालिएकोछ।

पशुपति क्षेत्र बिकास कोषका प्रबक्ता रेवती रमण अधिकारी ,बरिस्ठ कानुनी सल्लाहकार गणेश  केसि ,कार्यकारी सुभाष जोशी ,कुमार खतिवडा लगायतले यस्तो कार्यको नेतृत्व गरिरहेकाछन।

उनिहरुले आफुसगै खटिएर कोषका सुरक्षा कर्मी ,नेपाली प्रहरी र शसस्त्र प्रहरीको सयुक्त गस्ती टोलि बनाएर गस्ती गरिरहेकाछन।

दुई वा तीन समुहमा गस्ती गर्ने कार्य भैरहेकोछ।

गस्तीको क्रममा अबेर रातसम्म गतिविधि गर्दै आवतजावत गर्ने युवायुवतीलाई  सरसफाइमा लाउन थालिएकोछ।कोषले बिहीवार राती झन्डै सयजनालाइ फोहोर उठाउने ,कुचो लाउने काममा लगाएको थियो ।

यस्तो पबित्र  काम गर्न पाएकोमा उनिहरु स्वयं खुसी देखिन्थे ।आइन्दा आफुहरु यस क्षेत्रमा लखर लखर हिड्डुल नगर्ने बाचा समेत गरेका थिए।

पशुपति क्षेत्रमा रातमा भेटिएका युवायुवतीलाइ  पहिलो पटक सम्झाउने बुझाउने  गरिन्छ।उनिहरुलाइ सुधार्न अनेक प्रयास पनि गरिन्छ ।खुशीका साथ उनिहरुलाइ सरसफाइमा लाउन थालिएको भएपनी पटक पटक भेटिए कानुनी कार्बाही गरिने पशुपति क्षेत्र बिकास कोषका प्रबक्ता रेवती रमण अधिकारीले बताए ।

सरसफाइका ज्यालादारी कर्मचारी उचालेर कोषका प्रतिनिधि ,नेपाल प्रहरीमाथी अभद्र व्यबहार गरेर प्रहरी हिरासतमा रहेकी आशिका तामाङ सगै पशुपति क्षेत्रमा अभद्र व्यबहार गर्नेहरूलाई प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

काठमाडौको बबरमहलस्थित सडक भासिन थाल्यो
एक बर्ष अगाडि

३० माघ, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि बबरमहल क्षेत्रको जममग्न हुनुका साथै ...

छुटाउनुभयो कि ?

TOP