गोकर्णेश्वर नगरपालिकाले बिचमै बिद्यालय छोड्ने विद्यार्थीमा लयायो नयाँ अङ्कुस
सम्बादाता
२०८१-१०-०२
37
Shares
काठमाडौ ।गोकर्णेश्वर नगरपालिकाले बिधालयमा बिद्यार्थीहरुको लागि बारकोड सहितको नयाँ आइडी कार्ड लागु गरेकोछ।
यस्तो खाले नयाँ नियमले बिद्यार्थीहरु बिधालय नपुग्ने ,बिधालय पुगेकाले पनि बिचमै बिधालय छोड्ने अभिभावकको चिन्ताहरु अबदेखि अन्त भएको नगरपालिकाले जनाएकोछ।
बिद्यार्थी बिद्यालय पुगेको र बिद्यालय छोडेको मेसेज अभिभावकको मोबाइलमा तुरुन्त पुगि हाल्ने भएपछि एउटा खाले हैरानीको अन्त्य हुन पुगेको हो।
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालका अनुसार अभिभावकको ठुलो चिन्ता हटेको छ।बिद्यार्थीले अब अभिभावकलाई झुक्काउन सक्दैनन् ।
नगरपालिकाले बिद्यार्थीहरुमा लगाएको नयाँ नियमले आफ्ना भबिस्य प्रती चिन्तामा रहेका स्वयं बिद्यार्थी र अभिभावकहरु समेत निक्कै खुशी भएको मेयर रिसालले बताएकाछन।
अबदेखि पुरै समय स्कुलमा नपढी बिधालय छोड्ने बिद्यार्थीहरुलाइ भने अङ्कुस लागेकोछ।
सामुदायिक एउटा बिधालयबाट नगरपालिकाले सुरु गरेको यस्तो खाले नियमको नयाँ परिक्षणले सफलता प्राप्त गरेकोले अहिले नगरपालिकाको पुरै १ सय ५० वटा सामुदायिक र सस्थागत बिधालयहरुमा लागू भएकोछ।
यो खाले नयाँ नियमले बिद्यार्थीले अब बिद्यालय छोडेर् बिचमा भाग्न पाउदैन ।
प्रतिक्रिया