जथाभावी बोलेर अपबाह फैलाउनेमाथी हुन थाल्यो कार्बाही

मङ्सिर ६ काठमाडौ ।सामाजिक संजालको दुरुपयोग गरि  अपबाह फैलाउने ,समाज भडकाउने र अराजक अभिव्यक्ति दिनेहरू माथी नेपाल सरकार कडाइका साथ अगाडि बढिरहेकोछ।

दुई दिन अगाडि मात्रै मेडिकल व्यावसायि दुर्गा प्रसाईंलाई  उनकै निवास भक्तपुरबाट सिआइबी टोलिले नियन्त्रण लियो।

अदालतले ५ दिनको म्याद थपेर उनी माथी यतिबेला प्रहरीले  छानबिन गरिरहेकोछ।उनले राजनैतिक दलहरू र तिनका नेतामाथि तथानम गालिगलौज गर्दै आइरहेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलिले कम्बोडियाको एक टेलिकममा ३२ अरब लगानी गरेको र यस्ता थुप्रै ठाउँमा लगानी गरेको भन्दै हल्ला फिजाएका थिए।

१ करोड ५० लाख खर्चेर आफुले कम्बोडियामा बस्ने नेपाली मार्फत केपी ओलिको लगानी रहेको कागजात भनी सार्वजनिक गरेका थिए तर  त्यो कागज  प्रारम्भिक चेक जाचमा प्रहरीले त्रुटिपूर्ण रहेको भनेकोछ।

जस अनुसार नाममै त्रुटिपूर्ण रहेको बुझिएकोछ।केही दिन अगाडि मात्रै जापान बस्ने एक युवाले केपि शर्मा ओलिको ज्यान लिने अभिव्यक्ति दिएपछि उनी पक्राउ परे।

फेसबुक,टिकटक,इन्स्टाग्राम,युटुब माथी सस्तो लोकप्रियताको लागि भाइरल हुने रहरमा कोहि जथाभावी बोल्ने ,कोहि अश्लील तस्वीर सार्वजनिक गर्नेहरूमाथी अब सरकारले छानेर कार्बही गर्न थालेकोछ।

यस्ता सामाजिक संजाल चलाउदा प्रत्येक नागरिक होशियार हुनुपर्ने बेला भएकोछ।आफू,परिवार ,समाज र देशलाई सभ्य बनाउनु पर्ने कर्तव्य प्रत्येक नागरिकको हो।

आफना बिचार राख्न पाउने स्वतन्त्रता हाम्रो संविधानले नेपालीहरुलाइ दिएकोछ तर यसो भन्दैमा जेपनि बोल्ने छुट दिएको छैन ।

जथाभावी बोल्नेहरुमाथी यसरी सरकारले रोक लगाएर राम्रो काम गरेको देखिएकोछ।गल्ती गर्नेहरूमाथी कार्बही र राम्रो काम गर्नेहरूमाथि पुरस्कार दिएर हतोत्साहित तथा उत्साहित गरेर कानुनी राज्यको स्थापना गर्नु राज्यको दायित्व हो।

केही दिनयता भने सरकार भएको अनुभुती आम नेपालीहरुले गर्न थालेको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
3 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP