तीन दिने "सेल्फ मेक अप "तालीम सम्पन्न

काठमाडौ ।नव जागरण सामुदायिक  सिकाइ केन्द्रले तीन दिने "सेल्फ मेक अप "ब्युटी पार्लर सम्बन्धि कार्यक्रम बिहीवार सम्पन्न गरेकोछ।

काठमाडौ महानगरपालिका शिक्षा बिभाग को सहयोगमा काठमाडौ महानगरपालिका वडा नम्बर १९ मा मंगलबारदेखी संचालन भएको थियो।काठमाडौ नगरपालिका वडा नम्बर १९ अध्यक्ष राजेश श्रेष्ठले प्रमुख आतिथ्यता ग्रहण गर्दै  सहभागी  ३० जना महिलाहरुलाई प्रमाणपत्र बितरण गरेका थिए ।

अध्यक्ष श्रेष्ठले  सिकेको सिपको सदुपयोग होस भन्दै शुभकामना समेत दिएका थिए।सोही वडाका वडा सदस्य रेणु कमल साहिले कार्यक्रम सम्योजकको भुमिका निर्बाह गरेकी थिइन् ।

प्रमुख प्रशिक्षक रन्जिता परियार ,सहायक प्रशिक्षक चन्ता मुनिकारको सीप शिकाउने कलाको सहभागीले खुलेर प्रसम्सा गरेका थिए।छोटो समयमा पनि उनीहरुले अत्यन्त कुशल पुर्बक सीप सिकाएका थिए।प्रशिक्ष द्वयले पनि वडा अध्यक्षको हातबाट सम्मानपत्र ग्रहण गरेका थिए।

उद्घाटन र समापन  कार्यक्रमको अध्यक्षता ग्रहण भने नव जागरण सीप सिकाइ केन्द्रकी अध्यक्ष बिष्णुमाया पौडेलले गरेकी थिइन् ।उनले आगामी दिनमा महानगरसग सल्लाह गरेर अझै राम्रा  तालीम ल्याउने वचन दिदा सहभागीले परर ताली बजाएका थिए।

औपचारिक कार्यक्रमको उद्घाटनमा भने काठमाडौ महानगरपालिकाकि अधिकृत लक्ष्मी अधिकारीको  पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई कलात्मक ढंगले सन्चालन गरेकी स्वेता कोइरालाले सम्मानपत्र  पाएपछि निक्कै खुशी देखिन्थिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
3 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP